Welcome

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन फान्डेसन गैरनाफामुलक एक सामाजिक संस्था हो । समाजसुधारक, किरात धर्मका प्रवर्तक, प्रचारक महागुरु फाल्गुनन्द लिङदेनको स्मृतिमा यो फान्डेसनको स्थापना भएको हो । वहाँले दिनुभएको सन्देशहरुलाई अगाडि बढाउँदै समाज सेवाको क्षेत्रमा यो संस्था अगाडि बढाउने प्रयत्न गरिएको छ । सामाजिक क्षेत्रमा थोरै भएपनि सेवा गर्ने उद्देश्य राखेको छौँ ।

हाम्रो उद्देश्यहरु

१, सांस्कृतिक, ऐतिहासिक स्थलहरुको संरक्षणमा सहयोग गर्ने,

२, आफ्नो भाषा, लिपि, धर्म, संस्कृतिको जगेर्ना तथा विकास गर्ने उद्देश्यले सम्बन्धि विविध कार्यक्रमहरु सञ्चालन गर्ने ।

३, समुदायमा भाषा, लिपि, धर्म, संस्कृति, साहित्य, कला, सङ्गीतमा खोज, अनुसन्धान गर्न प्रोत्साहन गर्ने ।

४, माङहिम (मन्दिर) हरुको जिर्णोद्वार गर्ने, गराउने ।

५, प्रकोप विपत्तमा परेका पीडितहरुले सहयोग गर्ने ।

६, उद्देश्य मिल्ने संस्थासँग मिलेर समाज सेवाको कार्य गर्ने ।

निम्न उद्देश्यहरुलाई परिपूर्ति गर्न उद्देश्यको साथ संस्थाको स्थापना गरिएको छ । यसमा मुख्यत्ः एउटा मुख्य आर्थिक अक्षयकोष निर्माण गरिएको छ । उक्त कोषको ब्याज रकमहरु मार्फत समाजसेवाको कार्यहरु गरिनेछ ।

यस फान्डेसनको उद्देश्यहरुलाई अगाडि बढाउनको लागि तपाईहरु सबैमा आर्थिक अक्षयकोषमा आर्थिक योगदान पुराइदिनु हुनको लागि पनि हार्दिक अपिल गर्दछौँ ।

को थिए त ? राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन

फाल्गुनन्द लिङदेन

(वि.सं.१९४२–२००५)(ई.१८८५–१९४९)

इलाम चारखोलाको चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्द लिङदेन समाजसुधारक हुन् । किरात धर्मका धर्मगुरु फाल्गुनन्दको अहिंसा र प्रेम मुख्य सिद्धान्त रहेको थियो । फाल्गनन्दले लिम्बूहरुको पूजा तथा जन्म, विवाह र मृत्यु संस्कारहरुमा जाँड–रक्सीको प्रयोग गर्ने र जीवजन्तु मार्ने, बलि दिने जस्ता खर्चिलो  कामहरु हटाई नैवेद विधि प्रारम्भ गरे । यिनले सैयौँ स्थानमा मातृभाषामा साक्षरता कार्यक्रम  र मन्दिरहरु बनाएर सिरिजङगा लिपिमा लेखिएको मुन्धुम आफ्नो चेलाहरुलाई पाठ गर्न लगाएका थिए । फाल्गुनन्द लिङदेनलाई नेपाल सरकारले 16 औँ राष्ट्रिय विभूतिमा घोषणा गरेको छ ।

National Luminary Phalgunanda Lingden (1942-2005 B.S.; 1885-1949 AD) The National Luminary Phalgunanda Lingden, a well known social reformer, was born in Chukchinamba of Charkhol Ilam. Phalgunada, the profounder of Sateyhangma sect of Kirat Religion, introduced the philosophy of non-violence and love in Kirat Society. He endeavored to inspire and nurture the Kirat Limbus and others for not to sacrifice animals and not to offer alcohols in birth ritual, marriage ceremony and death rites. He operated numerous literary classes through mother tongue in various places in his lifetime. He also initiated to build temples (manghims) and encouraged his disciples to study and hymn mundhums written in Kirat Sirijonga Script.