संस्था दर्ता कार्य सम्पन्न

काठमाडौँ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन फान्डेसन, नेपाल नामक संस्थाको मिति २०७३ चैत १६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता कार्य सम्पन्न भएको छ । संस्था दर्ता कार्यसँग सम्बन्धित काठमडौँ महानगरपालिका वडा नं. ५ हाँडिगाउँ, ढुङ्गेधारमा कार्यलय रहनेछ भने वडाको सिफारिस लिएर महानगरपालिकाको सिफारिस र पुलिस रिपोर्ट लिएर जिल्ला प्रशासन कार्यलयमा दर्ता गरिएको हो । जिल्ला प्रशासनको दर्ता सँगै महानगरपालिकामा आबद्ध दर्ता प्रमाणपत्र, समाज कल्याण परिषद्को आबद्धता प्रमाणपत्र र स्थायी लेखा नम्बर (पान) पनि लिएर संस्था दर्ताको पूर्ण कार्य सम्पन्न गरिएको छ ।

मुनाफारहित यो संस्थाले स्थायीकोष अक्षयकोष निर्माण गरी ब्याज रकम मार्फत समाजसेवाको कार्यहरु गर्नेछ ।

 

Download Here