वेवसाइड सञ्चालन

 

  यस राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन फान्डेसन, नेपालको विभिन्न गतिविधिहरुलाई आम जनसमुदायमा पुर्याउने उद्देश्यले निमार्ण गरिएको सञ्चालनमा ल्याइएको सबैमा जानकारी गराउन चाहन्छौँ । यो फाउन्डेसन गैरनाफामुलक एक सामाजिक संस्था हो । समाजसुधारक, किरात धर्मका प्रवर्तक, प्रचारक महागुरु फाल्गुनन्द लिङदेनको स्मृतिमा यो फान्डेसनको स्थापना भएको हो । वहाँले दिनुभएको सन्देशहरुलाई अगाडि बढाउँदै समाज सेवाको क्षेत्रमा यो संस्था अगाडि बढाउने प्रयत्न गरिएको छ । सामाजिक क्षेत्रमा थोरै भएपनि सेवा गर्ने उद्देश्य राखेको छौँ । यसको आधिकारिक जानकारीहरु लिनको लागि यो वेवसाइडलाई हेरिदिनुहुन सबै महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौँ ।