कोष निर्माणमा सहयोग पुर्याउन अनुरोध

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन फान्डेसन, नेपाल’ अक्षयकोष निर्माणको लागि सहयोगदाताहरुसँग संस्थाको तर्फबाट सहयोग पुराइदिन अनुरोध गर्दछौँ । संस्थाको विधानमा रहेर सामाजिक क्षेत्रमा काम गर्ने भएकोले यस अभियानमा जुट्न अनुरोध पनि गर्दछौँ ।

 

‘राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन फान्डेसन, नेपाल’ ले अक्षयकोष व्यवस्थापनको सन्दर्भमा यसअघि मिति २०७४ भाद्र १० गते र १७ गते छलफल भएको थियो । यस्तै २०७४ असोज ५ गते र २० गते पनि छलफल भएको थियो । यी छलफलहरुमा समाजसेवी मनहरुसँग यो संस्था जोडिन्न सफल भएको छ । समाजसेवी मनहरुले ‘राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन फान्डेसन, नेपाल’ स्थायी अक्षय कोषको लागि आर्थिक सहयोगहरु पनि प्रदान गर्नु भएको छ । सयोगदाताहरुको रकम अक्षयकोषमा सुरक्षित संस्थाले गरेको छ ।

सहयोग दाताहरुले आफ्नो सहयोग लिष्ट यसै वेवसाइडको कन्ट्रिव्यटर लिष्टमा क्लिक गरी हेर्न सक्नुहुनेछ । सहयोगदाताहरुमा संस्थाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।